शुक्रबार, वैशाख २५, २०८३

प्रतिवेदनमा नाम छुटाईदिएको भन्दै संसद सचिवालयका उपसचिवले पिटे आफ्नै सहकर्मी

मेरोन्यूज २०८० मंसिर २१ गते १४:४७

काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् । मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफनो नाम छुटाईदिएको भन्दै सचिवालयकै एक शाखा अधिकृतलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।

Advertisement
NiccNicc

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदैं महिला शाखा अधिकृत सिर्जना तण्डुकारमाथि झापड हानेको स्रोतको भनाइ छ ।

यो घटना मंगलबार बिहान ११ बजेको हो । घटनापछि पीडित अधिकृतले उपसभामुख इन्दिरा रानालाई घटनाबारे उजुरी गरेकी छिन् । उनको स्वासथ्य परिक्षण गरिएको छ । मेडिकल रिपोर्टमा उनीमाथी गालामा हिर्काएको चोट देखिएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया