शनिबार, वैशाख २६, २०८३

फर्किन् अमेरिकी राष्ट्रपतिका ‘दूत’ लाउबाचर

मेरोन्यूज २०८० मंसिर २१ गते २०:२८

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएकी अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष साहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर स्वदेश फर्केकी छिन् । उनी र उनीसँगै आएका सिनियर निर्देशक सिमास हवाइटसेल आज साँझ स्वदेश फर्केका हुन् ।

Advertisement
NiccNicc

उनीहरु बुधबार नेपाल भ्रमणमा आएका थिए ।


बुधबार बिहानै काठमाडौं ओर्लेका उनीहरुले काठमाडौंमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी लगायतसँग भेट गरेका थिए ।
उनीहरुले हिजो काठमाडौं ओर्लिने वित्तिकै परराष्टमन्त्री नारायणप्रसाद साउद (एनपी) सँग पनि भेट गरेका थिए ।

गृहमन्त्री श्रेष्ठलाई भने उनीहरुले शहीद गंगालाल अस्पतालमै पुगेर भेट गरेका थिए । उनीहरुले काठमाडौंमा रहँदा केही मठमिन्दरको पनि भ्रमण गरेका थिए ।

उनीहरु साँझ पौने ७ बजे स्वदेश फर्किएका हुन् । QR ६४७ नम्बरको जाहाजबाट फर्किएका हुन् ।

लाउबाचर दक्षिण एसिया क्षेत्रलाई नजिकबाट हेर्ने अमेरिकी अधिकारी हुन् ।

प्रतिक्रिया