अग्रता जोगाउन नसक्दा इलाम धनगढीसँग बराबरीमा रोकियो
मेरोन्यूज
२०८० मंसिर २३ गते १७:२०

काठमाडौँ । नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा स्पोर्टिङ इलामले धनगढी एफसीसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौं खेलमा शनिबार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो। अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टार्यो।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।
यस्तै, आजै हुने अर्को खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे हुनेछ ।
काठमाडौँ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।
सम्बन्धित















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया