बुधबार, माघ २१, २०८२

शेखर कोइरालाले बोलाए इतर पक्षको बैठक

मेरोन्यूज २०८० मंसिर २४ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । नेता कोइरालाले मंगलबार दिउँसो १ गतेका लागि इतर पक्षको बैठक बोलाएका हुन् ।

बैठकको स्थान भने तय भइसकेको छैन ।

बैठकमा कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन लगायत पछिल्लो पार्टीको आन्तरिक समीकरणको विषयमा छलफल हुने बुझिएकाे छ ।

प्रतिक्रिया