यू-१९ एसिया कप : अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित
मेरोन्यूज
२०८० मंसिर २४ गते १८:२४

काठमाडौं । एसीसी यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपाल ७३ रनले पराजित भएको छ ।
आइतबार यूएईको आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रन जोडेर अलआउट भयो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रन बनाए । उनले १०८ बलमा १३ चौका प्रहार गरेका थिए ।
यस्तै कप्तान देव खनाल २४ र गुलशन झाले १७ रन बनाए । अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर २६१ रन बनाएको थियो।
सम्बन्धित
















सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया