यस्ताे छ तपाईंकाे आजकाे राशिफल

आज २०८० साल मंसिर २६ गते । मंगलवार । मंसिर कृष्ण औंसी । पञ्चाङ्ग: धृति चतुष्पद अनुराधा । डिसेम्बर १२ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।
वृष : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।
मिथुन : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध अझै बढाउने समय रहेको छ ।
कर्कट : आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।
सिंह : आज तपाईंको सामान हराउन सक्छ, सचेत रहनु हाेला । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
कन्या : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
तुला : आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।
वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।
धनु : चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
मकर : आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।
कुम्भ : आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ र वैदेशिक कार्यमा पनि जानेछ ।
मीन : प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया