आइतबार, वैशाख २७, २०८३

सङ्कल्प यात्रामा अवरोध नगर्न एमालेको अपिल

मेरोन्यूज २०८० मंसिर २६ गते १०:१०

काठमाडौं । नेकपा (एमाले)ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ ।

Advertisement
NiccNicc

आजबाट कोशी प्रदेश प्रवेश  गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् ।

‘ असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न सकिन्छ । कोशी प्रदेशको नामको सवालमा कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्छ’, गौतमले भनेका छन्, ‘काशी प्रदेश नामकरणमा एमालेसहित नेपाली काँग्रेस  नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएका हुन् । तर एमालेलाई मात्रै निशाना बनाइने गरेको छ यो लोकतान्त्रिक हुन सक्दैन ।’

एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा आजबाट उदयपुरको घुर्मी, ओखलढुगाको हर्कपुर हुँदै घुर्मी हुँदै खोटाङ प्रवेश गर्दै छ ।

प्रतिक्रिया