‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ ।
सोमबार आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताए ।
‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो । अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता प्रकट गरे ।
अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पािलकामा कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए ।
भेलामा विवाह गराउने तथा विवाह कार्यमा सहभागिता जनाउने पण्डित, धर्मगुरु, मौलाना, राजनीतिकर्मी, समाजसेवी, सामाजिक अगुवा, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका, विभिन्न बाल क्लबमा आवद्ध बालबालिकासहितको बृहत् सहभागितामा अब उपरान्त पिपरा गाउँपालिकामा बालविवाह नगर्ने, नगराउने सबै पक्षले लिखित प्रतिबद्धता जनाएका थिए ।
सात वडा रहेको पिपरामा दुई वर्षअघि वडा नं १ मा ३१, २ मा ४१, ३ मा ४९, ४ मा ५४, ५ मा ४४, ६ मा ४६ र वडा नं ७ मा २६ प्रतिशत वालविवाह हुँदै आएको र सम्पूर्ण पालिकामा ४२ प्रतिशत बालविवाह हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
गाउँपालिका र रतौली युवा क्लबले बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
















म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया