आजको तपाईको राशिफल कस्तो छ?

आज २०८० साल मंसिर २७ गते ।बुधवार । मंसिर शुक्ल प्रतिपदा । पञ्चाङ्ग: शूल किंस्तुघ्न ज्येष्ठा । डिसेम्बर १३ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : व्यापारिक व्यवधानलाई समाधान गरिनेछ । नयाँ प्रेम सम्बन्धले चिन्तित बनाउला । रोजगारीमा जिम्मेवारी थपिनेछ ।
वृष : मातापिताको साथमा समय बित्नेछ । शारीरिक दुर्बलता उत्पन्न होला । नयाँ लगानीमा आकर्षित बनिनेछ ।
मिथुन : साझेदारीयुक्त कार्य शुभ रहला । मान्यजनका साथमा समय व्यतीत गरिएला । अरुको विश्वास पात्र बनिनेछ ।
कर्कट : नकारात्मक मुद्दामा फसिएला । एकान्तप्रति आकर्षित बनिनेछ । मनमा थप द्विविधा उत्पन्न होला ।
सिंह : शैक्षिक लगानी बढाउनुपर्ला । सानो कामको लागि लामो समय प्रतीक्षा गर्नुपर्ला । प्रेम सम्बन्धमा दरार आउला ।
कन्या : परिवारमा आत्मीयता बढेर जानेछ । अनावश्यक कुरा मनमा खेल्नेछन् । नयाँ कार्य योजना पारित होला ।
तुला : लत्ताकपडामा खर्च बढ्नेछ । पशुभयले चिन्तित बनाउला । लामो दूरीको यात्राको योग छ ।
वृश्चिक : धार्मिक कार्यमा अग्रसर बनिएला । अपरिचित व्यक्तिद्वारा झुटा आक्षेप लाग्नेछ । भौतिक क्षतिको सामना गर्नुपर्ला ।
धनु : गुरुजनको साथमा समय व्यतीत होला । खानपानमा विशेष ध्यान दिनुहोला । मनोरञ्जनमा खर्च बढ्ने देखिन्छ ।
मकर : ग्रहको नकारात्मक प्रभाव हट्नेछ । आफ्नो कला प्रस्तुत गर्ने अवसर मिल्ला । वैदेशिक रोजगारीको अवसर प्राप्त होला ।
कुम्भ : अकस्मात शुभ समाचार प्राप्त होला । सन्तानको वैदेशिक यात्रा सफल बन्नेछ । स्वास्थ्य समस्या उत्पन्न होला ।
मीन : सामाजिक क्षेत्रका काममा जिम्मेवार बनिएला । मनमा थप उत्साह छाउनेछ । मानसिक रोगबाट छुट्कारा मिल्नेछ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया