सशस्त्रमा प्रशासन विभागकै घुमुवा : काजको आदेश अलपत्र

काठमाडौं । सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम (सीपी)ले प्रशासन विभागबाट घुमुवा खटाउने गरेका छन् । नियमित अनुुगमन भन्दै तराईका विभिन्न जिल्लामा यसरी घुमुवा खटाएका हुुन् । साथै काजमा बसेका कर्मचारी २४ घन्टा भित्र खेद्ने आदेश दिएका उनको त्यो प्रयास असफल भएको छ ।
संगठनल आवश्यकता अनुसार खटाएका व्यक्तिलाई हटाउन लागि प्रशासन बिभाग प्रमुख हुनासाथ उनले काजका कर्मचारीमाथी २४ घण्टे लगाएर सम्बन्धित स्थानमा जान दिएको निर्देशन कसैले पनि कार्यान्वयन नगर्दा असफल भएको हो ।
प्रशासन विभागले काजका नाममा अत्यावश्यक क्षेत्रमा खटिएका कर्मचारीलाई सम्बन्धित दरबन्दीमा रवाना गर्न गत कात्तिक ३० गते ४८ घण्टाको समय सीमा तोकेर आदेश दिएका थिए । तर ४८ घण्टे आदेश कार्यान्वयन नभएपछि पुनः मंसिर ४ गते कुनै बहाना नबनाइ सबै काजका कर्मचारी फिर्ता गर्न २४ घण्टे उर्दि जारी गरेका थिए । यति गर्दा पनि एआइजी गौतमको आदेशलाई प्रहरी मूख्यालयमा मात्र होइन देशभरकै कुुनै निकायले कार्यान्वयन गर्न अप्ठेरो भएको र अनाावश्यक रुपमा काज नखटाइएको तथा इन्टेलिजेन्समा मात्रै काजमा खटाइएको जनाएर कार्यान्वयन गर्न नसक्ने जनाउ दिएका थिए ।
यो नगर्नुको कारण के हो भने सशस्त्र प्रहरीका विभिन्न युनिटमा सयौं कर्मचारीलाई आवश्यकता अनुसार काज खटाइएको छ । ती सबैलाइ दरबन्दी पठाउँदा दैनिक कामकाजनै ठप्प हुने अबस्था आउने भएकाले कार्यान्वयन हुन नसकेको हलचोक श्रोतले जानकारी दिएको छ ।
‘प्रशासन विभागमा आउने वित्तिकै उनले आइजीपीलाई नै अप्ठेरो पार्ने गरी थाह नदिई काज फिर्ताको आदेश दिएका थिए, तर सयौ कर्मचारीलाई आवश्यकता अनुसार काजमा खटाउने र पठाउने गरिएकाले त्यो कार्यान्वयन नहुने विषय थियो’, स्रोतले भन्यो ।
अहिले त्यो आदेश पालना नहुने बुझी गौतमले फेरि केही दिन अघि नरम हुँदै सकेसम्म सम्बन्धित दरबन्दीमा पठाउन भनेका छ्न् , जबकी सकेसम्म भनेको झन् पालना नगरेपनी भयो । यो आदेशले उनी झन हलुुका हुन थालेका छन् ।
अहिले एआइजी गौतमले आफू मात्र काम गर्न सक्षम भएको सन्देश दिन खोज्दा उल्टो असफल र हाँसोको पात्र बनेका छन् । उनले कोही कसैलाई नछाड्ने भन्दै आफू निकट रहेका घुमुवालाई प्रदेश कार्यालयमा पठाउन थालेपछि उनको काज फिर्ता कार्यान्वयन हुन नसकेको स्रोतको दावी छ । त्यति मात्र होइन उनले सर्लाही बस्दा मातहत बेश बिओपीमा आउने मासिक रकम नदिएको मात्र होइन ती बेश बिओपीबाट उल्टो मासिक रकम उठाउने गरेको समेत स्रोतको दावी छ ।
मासिक रकम नबुझाउने बेश बिओपीमा दुःख दिने मनसायले राती १२/१ बजे पुगेर कर्मचारी भेला गर्दै कति बिदामा छ भनेर टाउको गन्ती गर्ने गरेको श्रोतको दाबी छ । उनको यही हर्कत काठमाडौको बाहिनी बस्दा समेत रहेको थियो । जुनबेला उनी मध्यरात र बिहानै पिटि हाजिर लिन सिनामंगलको गण पुग्ने गरेका थिए । त्यसबेलाका गणपती एसपी विशेस्वर थापाले आफुले मासिक रकम नबुझाएपछि गौतमले दुःख दिएको बताउने गरेका थिए ।
त्यतिमात्र होइन करिब ४ बर्ष युएनमा खटिएका गौतमले संगठनलाई तिर्नु पर्ने पूरा लेबि समेत नतिरेको आरोप छ । उनले त्यसबेला हलचोकको युएन शाखामा बसेर स्याट परीक्षाको प्रश्नपत्र आउट गराएका इन्सपेक्टर नबराजबिक्रम कुंवर र कल्याणका इन्सपेक्टर सुदन गिरीसंग सेटिङ मिलाएर १ बर्ष मात्र युएन बसेको कागजपत्र बनाएको आरोप छ ।
उनी अहिले प्रशासन विभागमा बसेर अरुलाई आर्दश पात्रको स्वरुप देखाएको सशस्त्रकै एक अधिकारीले भने । ती अधिकारीका अनुसार अबको एक वर्षमा उनी अवकाशमा जाँदैछन् ।
अवकाशमा जानु अघि नै उनले प्रशासनबाट तराईका बिओपीमा मूख्यालयको अनुगमन भन्दै घुमुवा खटाएको स्रोतको दावी छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया