वीर अस्पतालमा राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिए । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् । उनले भने , “केन्द्रमा ब्रेन ट्युमरका बिरामीको तथ्याङ्क पनि राख्ने र कस्ता विरामी आउँछन् भनी त्यसको पनि अध्ययन गरिनेछ ।”
केन्द्रमार्फत नै यहि मङ्सिर २४ गतेदेखि मतिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिए । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्मसञ्चालन गरिएको छ ।
अस्पतालमा गत आइतबारदेखि राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ । सो सेवा पनि आइतबार र बुधबार विहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ । डा थापाले टाउकाको ट्युमर र मेरुदण्डको उपचार निःशुल्क गर्न सरकारसँग पहल भइरहेको बताए ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया