रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको मृत्यु
मेरोन्यूज
२०८० पुष १ गते १५:५५

कैलाली । रुस–युक्रेन युद्धमा कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।
तीन महिनाअघि रुसी सेनामा भर्ना भएका भरतको मृत्यु भएको खबर उनका परिवारले शुक्रबार मात्र पाएका हुन् ।
आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ ।उनका मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले हालसम्म परिवारलाई औपचारिक रुपमा जानकारी भने दिइसकेको छैन ।
सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए र उतैबाट रुस गएका थिए ।
शाहका श्रीमति, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया