ईश्वर पोखरेलको प्रश्न- कोसी प्रदेशको नामकरण एमालेले गराएको हो र ?

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोसी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।
सोमबार झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोसी राख्ने तर अहिले एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने बताए ।
पोखरेलले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ?भन्दै प्रश्नसमेत गरे। उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोपसमेत लगाए।
‘संवैधानिक प्रक्रियाले, शान्तिपूर्ण प्रक्रियाले, विधिसम्मत ढंगले कसैले पनि यो भएन, यो हुनुपर्छ । यो होइन, त्यो हुनुपर्छ भन्न सक्छ । यो स्वाभाविक कुरा हो । तर, त्यो भन्दा फरक ढंगले के एमालेले आफ्नो कमिटीको निर्णय गराएको हो त्यो ? कि प्रदेशसभाको तर्फबाट निर्णय भएको हो । प्रदेशसभामा त सबै थिए,’ पोखरेलले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको पनि बताए ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया