वृषलाई आज धन प्राप्तीकाे याेग, अन्य राशिको कस्तो छ दिन?

आज २०८० साल पुष ३ गते मंगलवार। मंसिर शुक्ल सप्तमी ।पञ्चाङ्ग: सिद्धि वणिज पूर्वभाद्र। डिसेम्बर १९ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ ।
वृष : आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन : मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।
कर्कट :कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।
सिंह : आजको दिन उत्साहपूर्ण रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कन्या : छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला : रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथीबाट विशेष सहयोग मिल्नेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।
वृश्चिक : आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।
धनु : आज घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।
मकर : आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।
कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ ।
मीन :आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया