शनिबार, वैशाख २६, २०८३

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने (भिडियाे)

मेरोन्यूज २०८० पुष ४ गते १३:२१

काठमाडाैं । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो।

Advertisement
NiccNicc

सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको बताइन्।

उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

प्रतिक्रिया