महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस प्रदेश पराजित

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ राजेको थियो । बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो । एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि यशोदा विष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले दुई तथा कविता गौतमले एक विकेट लिइन् ।
यसैगरी मधेस प्रदेशका लागि ८७ रन बनाउने क्रममा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । उनले ४५ बल खेल्दै चार चौका हिर्काइन् । यसैगरी अनुराधा चौधरीले २८ बलमा तीन चौकासहित २१ रन तथा प्रतिमा शाहले १४ रन बनाइन् । बलिङतर्फ बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनिषा उपाध्यायले एक विकेट लिइन् ।
यसैबीच प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले कीर्तिपुर खेल मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच तथा अर्को खेल मुलपानी खेल मैदानमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच भइरहेको छ ।















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया