शनिबार, वैशाख २६, २०८३

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

मेरोन्यूज २०८० पुष ५ गते १५:५४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेका छन् ।

Advertisement
NiccNicc

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै संगठनहरुले राजीनामा माग गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैर धार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधवारमात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो ।

धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने भन्दै सो नियुक्ति पनि विवादमा मुछिएको छ ।

प्रतिक्रिया