शनिबार, वैशाख २६, २०८३

राष्ट्रिय सभा निर्वाचनका लागि अल्पसंख्यक जातजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने सरकारको निर्णय

मेरोन्यूज २०८० पुष ५ गते १६:३७

काठमाडौं । सरकारले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जातजातिलाई अल्पसख्यको रुपमा तोक्ने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हाे।

यस्तै, अपांगता भएका ब्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्णय भएको छ।

यसैगरी मन्त्रिपरिषदले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

बाँकी निर्णय मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने मन्त्री शर्माले बताइन्।

प्रतिक्रिया