महिला क्रिकेट : मधेशमाथि एपीएफको शानदार जित, सुदूरपश्चिम पनि विजयी

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ४१ रनको लक्ष्य पछाएको एपीएफले ५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै १९.२ ओभरमा अल आउट हुँदै ४० रन बनाएको थियो ।
त्यस्तै शुक्रबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको ७२ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७१ रन बनाएको थियो ।
यो जितपछि एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपीएफको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेलमा पहिलो जित हो । २ खेलमा २ अंक रहेको सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।
















यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया