शनिबार, वैशाख २६, २०८३

उद्योगीहरूको भेलालाई सम्बोधन गर्न राष्ट्रपति विराटनगर आउँदै

मेरोन्यूज २०८० पुष ७ गते ८:१८

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर आउँदै छन् ।

Advertisement
NiccNicc

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने राष्ट्रपति पौडेल आज शनिबार विराटनगर आउन लागेका हुन् ।

राष्ट्रपति पौडेल विहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनले विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाटसमेत गर्ने कार्यसुची छ ।

राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्कने कार्यक्रम सचिवालयले जनाएको छ ।

प्रतिक्रिया