भुकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्दै सशस्त्र प्रहरी बल

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भुकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जसअन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणि गाउँपालिकामा ७ वटा निर्माण गरिएका छन् ।
विशेष गरि एकल महिला, अपांगता भएका, बृद्धअवस्थाका, बिरामी, बिपन्न र सुत्केरीको वर्ग विभाजन गरि उनिहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो । सो अनुसार एकल महिलाको लागि ५ , अपांगता भएकाको ४ , बृद्धअवस्थाको ३ , बिरामिको ३ र बिपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणि गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरि तैनाथ गरिएको छ । यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ ।
यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला बिपद् ब्यबस्थापन समिती संगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भुकम्प पिडितको पहिचान गरि फौज परिचालन गर्ने योजना रहेको छ । यता भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानियको घरको भग्नावशेष हटाउने तथा चर्किएका घर भत्काउने कार्यलाई तिब्रता दिएको समेत सह प्रवक्ता डिएसपी थापाले बताए । जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् ।
यस्तै भेरी नगरपालिकामा १ सय , नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउँपालिकामा २५ स्थानका भग्नाबशेष हटाइएका छन् । साथै चर्किएका ८ वटा घर समेत भत्काइएको छ ।



















नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य
Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया