शनिबार, वैशाख २६, २०८३

पार्टीमा मेलमिलाप हुन आवश्यक रहेको छ : सभापति देउवा

मेरोन्यूज २०८० पुष ७ गते १३:५३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताएका छन् ।

Advertisement
NiccNicc

शनिवार काठमाडौँमा भएको नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले सम्मेलनबाट हार्नेले जित्नेलाई सहयोग गर्नुपर्ने बताएका छन् । 

पार्टीमा मेलमिलाप आवश्यक रहेको उनले बताए । जितहार स्वाभाविक भएको भन्दै हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्छ । “जित्ने सधैँ जित्ने हार्ने सधैँ हार्ने होइन ।आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’   पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन,” । सभापति देउवाले भने । 

प्रतिक्रिया