संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई छैन् : मन्त्री शर्मा

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताईन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताईन् ।
मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने जानकारी दिईन्। उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने बताईन् ।
मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताईन् ।
त्यसअवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञाप्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया