शनिबार, वैशाख २६, २०८३

प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्छौँ: महामन्त्री शर्मा

मेरोन्यूज २०८० पुष ७ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । 

Advertisement
NiccNicc

शनिबार नेपाली कांग्रेस वागमती प्रदेशको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेकोले भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गरे । त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । शर्माले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याईं नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरे।

‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देउ भनेको हो, होइन । अन्तरिक्ष यान मागेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन, त्यो दिन नसकिने कारण के छ ?’ शर्माले प्रश्न गरे ।

जनताले मागेको प्रदेशलाई अधिकारको कुरा दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न गर्दै उनले चेतावनी दिए ‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं’, उनले भने ।

प्रतिक्रिया