खोया प्रहारपछि रविले भने-यसलाई घरमा झुन्ड्याएर राख्छु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने बताएका छन् ।
शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘म यो मकैको घोघा (खोया)लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। ‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ उनले भने, ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’
पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया