डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन् । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए ।
सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा महतले भने, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।”
सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उनको भनाइ छ । अर्थमन्त्री डा महतले भने, “यसमा हामीले न्यूनमात्रै कर लगाउने व्यवस्था गरेका छौँ । त्यसबाट यो व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुआत गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।”
राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताए । उनका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री डा महतले भने, “नेपाली युवालाई जुन क्षेत्रमा उनलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।”
नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, “अहिले ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।” यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूको पलयान रोक्न पनि थप प्रवर्द्धन गर्न जरुरी रहेको उनको कथन छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया