शनिबार, वैशाख २६, २०८३

देव गुरुङले भने ‘राष्ट्रिय सभामा माग दाबी गरेको छैन’

मेरोन्यूज २०८० पुष ७ गते २०:०५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कान्तिपुर पत्रिकामा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएकाे बताएका छन् ।

Advertisement
NiccNicc

उनले कान्तिपुर पत्रिकामा गत निर्वाचनमा पराजय भएका माओवादी नेताहरुले राष्ट्रिय सभा सदस्य उमेदवार को लागि दवाव शिर्षकमा मेरो पनि नाम जोडेर समाचार प्रकासित भएको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मार्फत यस्तो लेखेका छन्न् , ‘ समाचार कपोल कल्पित र शतप्रतिशत झुठ रहेको कुरा प्रष्ट गर्न चाहान्छु। रा.स.को उमेदवार को सन्दर्भमा कोहि कसै संग कतै पनि मांगदावी को प्रसंग र सन्दर्भ सम्म पनि चलेको छैन। यस्तो विल्कुलै हुन्दै नभएको विषयमा अनरगल प्रचार नगर्न हार्दिक अनुरोध गर्दछु।’ 

प्रतिक्रिया