शनिबार, वैशाख २६, २०८३

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

मेरोन्यूज २०८० पुष ७ गते २०:१३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ ।

यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरुी बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्गदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया