सरकारी सञ्चारमाध्यमले राज्य र जनताको बीच पुलको भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री शर्मा

इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताएकी छन् ।
नेपाल टेलिभिजन इटहरी च्यानलको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी सञ्चारमाध्यमले सरकारको सन्देश सार्वजनिक गर्ने मात्र होइन, सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताईन् ।
लामो समयदेखि सरकारी सञ्चारमाध्यमले सरकारको भजन गाउछन भन्ने भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले राज्यको सन्देश जनतासम्म पुर्याउने र जनताको आवाज राज्यसम्म पुर्याउन पुलको भूमिका निर्वाह गर्नुपर्ने बताईन् ।
उनले नेपाल टेलिभिजनले गाउँमा छरिएर रहेका प्रतिभालाई राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा स्थापित गर्नतिर लाग्नुपर्ने बताईन् । नेपाली समाजको बहुल सस्कृतिलाइ उचित स्थान दिएर सबै भाषाभाषीलाई अघि बढाउन सरकारी सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री शर्माले त्यसमा सरकारले पनि आवश्यक अनुदानको व्यवस्था गरिरहेको जानकारी दिईन् । यसलाई अझै अघि बढाएर लैजानुपर्ने र सरकारी सञ्चारमाध्यम बहुभाषिक नेपालीको आवाज बन्नुपर्ने उनले स्पष्ट गरिन् ।
सामाजिक सन्जालको बढ्दो प्रयोगले बाहिरी सस्कृति थोपरिन थालेको र यसले पूर्वीय सभ्यतामा असर पुगेको उल्लेख गर्दै उनले नेपालको मौलिक र लोक सस्कृतिलाई प्रोत्साहन गर्ने सामग्री निर्माण र प्रसारणमा जोड दिन पनि आग्रह गरिन् ।
मन्त्री शर्माले देशबाट युवा पलायन बढिरहेकाले युवाहरूलाई देशभित्रै केही गर्न सकिन्छ भनेर आशावादको जागृत गर्ने सामग्री उत्पादन र प्रकाशनरप्रसारण गर्न पनि उनले सञ्चारमाध्यमलाई आग्रह गरिन्। यसका लागि विभिन्न क्षेत्रमा भइरहेका उदाहरणीय कार्यको प्रचार हुँदा मात्रै पनि धेरैका लागि प्रेरणा हुने बताईन् ।
संविधान, व्यवस्था र अग्रगमनलाई थप स्थापित गर्ने सञ्चारमाध्यमको पनि दायित्व भएको औल्याउदै उनले अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर अराजकतालाई निरुत्साहित गर्नुपर्ने बताईन् ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ शाह, महाप्रबन्धक फूलमान बल र इटहरी च्यानल प्रमुख राजेन्द्रराज तिमिल्सिनाले टेलिभिजनको अवस्थाबारे जानकारी गराएकी थिईन्।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया