शनिबार, वैशाख २६, २०८३

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मेरोन्यूज २०८० पुष ८ गते १७:२१

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement
NiccNicc

शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापाले आइतबार शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया