बालुवाटारमा प्रमुख दलका नेताहरुबीच छलफल सुरु
मेरोन्यूज
२०८० पुष ९ गते १७:३३

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक सुरु भएको छ ।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूहरुको बैठक बसेको हो ।
उक्त बैठकमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी छन्।
यस्तै एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल सहभागी छन्। माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल हुनेछ। सम्भवतस्दलहरुबीच उक्त विधेयकमा आजै सहमति गरिने बताइएको छ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया