वीर अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार

काठमाडौँ । वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताए ।
अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकीरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रुपमा सञ्चालन गरिएको बताए । उनले अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताए ।
“अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थित रुपमा चलाउन नसकेर एकजना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ,” उनले भने, “पछि हामीले उपकरणलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्यो भने १० मिनेटमा नै बिरामीलाई तयारी अवस्थामा राख्ने सक्दछौँ ।”
क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ । “अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाई–घुमाई बिरामीमा भएको क्यान्सरको सेल र सामान्य सेललाई मार्ने गर्दछ बचाउने गरिन्छ,” उनले भने, “विकिरणले क्यान्सरको सेललाई हाई डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ ।”
अस्पतालमा उपचारका लागि रु एक लाख ५० हजार खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत रु पाँच लाखसम्म खर्च हुने उनको भनाइ छ । नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन् । उनले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताए । उनले गरिबी, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताए ।
















७४ अंकले घट्यो नेप्से, काराेबार रकम १२ अर्ब
सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया