विचार निर्माण र विकासको अर्काे अभियान घोषणा गछौं : प्रधानमन्त्री
सरकारले सुशासनका क्षेत्रमा वर्षदिनमा केही रेकर्ड बनाएको छ, अर्को वर्ष धेरै रेकर्ड बनाउनैपर्छ

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार निमार्ण र विकासको अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा बाेल्दै प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने बताएका हुन् ।
माओवादी केन्द्रले अहिले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाईरहेको छ । यो अभियान सकेपछि पार्टीको केन्द्रयि समिति बसेर विद्यान सम्मेलन गर्ने र त्यसपछि विचारको महाधिवेशन गरेर नयाँ विचार संश्लेषण गरेर जाने माओवादीले बताईरहेको छ ।
नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।
३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तुरुन्तै अर्को अभियानमा जानै पर्छ । त्यो अभियान विचार निर्माण र विकास निर्माणको अभियान हुनेछ ।’
प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी माओवादी अगाडी जान खोजेको बताए ।
प्रचण्डले भने, ‘यही कुरा यदि पुरा गर्न सक्यौं र हाम्रो मौलिकता, हाम्रो विचारको पहिचान, त्यसबाट संगठनको ताकत र जनताको ताकत निर्माण गर्न सक्नैपर्छ हामीले । त्यो सक्दाखेरि फेरि हामी हिजोको माओवादीभन्दा जस्तो थियो, त्यही ठाउँमा समाजवादी क्रान्तिकालमा फेरि पुर्याउन सकिन्छ, पुर्याउनैपर्छ ।’
सरकारले सेवा, विकास र सुशासनका क्षेत्रमा रेकर्ड बनाउने काम गरेको पनि प्रधानमन्त्रीको दावी थियो । प्रचण्ड प्रधानमन्त्री बनेको वर्ष दिन पुगेको छ । यही अवसरमा उनले आजै साँझ सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीको नाममा सम्वोधन समेत गदैछन् । उनले वर्षदिनमा कतिपय रेकर्ड राख्ने गरि काम गरेको र सरकारको कामको गहिरो समिक्षा गर्नेहरुले त्यसलाई देख्न सक्ने बताए । उनले अबको वर्ष रेर्कडै रेकर्ड राख्ने गरी काम गर्नुपर्ने र गर्ने पनि बताए ।
‘पुस लागेपछि मैले आफ्नो कार्यशैलीलाई परिणाममुखि बनाउने, मन्त्रालय र कर्मचारीतन्त्रलाई युनिफाइड ढंगबाट नेतृत्व गरेको छु,’ प्रधानमन्त्रीले भने, ‘आज जनतालाई यो गर्छु र त्यो गर्छु होइन गर्न सुरु गरिसकेका कामबारे भन्छु र गर्ने लक्ष्यहरू भन्छु । केही त रेकर्ड बनेका छन्, केही रेकर्ड नबनेका होइनन् । मानिसहरूले गहिरो गरी हेर्नेहरूले त्यो महसुस गरेका छन् । अर्को वर्ष हामीले धेरै रेकर्ड बनाउनैपर्छ सेवा, विकास र सुशासनको क्षेत्रमा ।’
















किएभमाथि पुनः रुसी आक्रमण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया