नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित
मेरोन्यूज
२०८० पुष १० गते १४:१६

काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशन खत्री निर्वाचित भएका हुन् ।
उनले ६७ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निर्वाचन भएपछि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।
उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउँद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना निर्विरोध निर्वाचित भए ।
सदस्यहरुमा दीपेन्द्रसिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउँद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेश कुमार साउँद, नविनराज गिरी निर्विरोध भएका छन् । अन्य केही सदस्य पदहरु भने खाली रहेका छन् ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया