बुधबार, माघ २८, २०८२

बारामा प्रिन्सिपलको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

मेरोन्यूज २०८० पुष ११ गते ८:४४

जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर खुट्टामा गोली लागेपछि दौडन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।

प्रतिक्रिया