शुक्रबार, वैशाख २५, २०८३

कम्युनिस्टहरु मिल्न सकेनाैँ भने ०८४ को चुनावमा धुलोपिठो बनाउँछन् : झलनाथ खनाल

मेरोन्यूज २०८० पुष ११ गते १३:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको बताएका छन् ।

Advertisement
NiccNicc

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा नेता खनालले एकजुट भएर अघि नबढे गाह्रो पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ, हामी एकतावद्ध हुने दिशामा जानुपर्छ। कम्युनिस्टको संगठनलाई जगैदेखि बलियो बनाउने गरी अघि बढ्नुपर्छ।’

उनले अहिले २०८४ को निर्वाचनमा साम्राज्यवादीहरू दक्षिणपन्थी शक्तिलाई सत्तामा लैजाने अभियानमा रहेको बताए।

‘साम्राज्यवादीहरू आगामी निर्वाचनमा दक्षिणपन्थीलाई जिताउने गरी लागेका छन्’, उनले भने, ‘त्यसकारण जनतालाई सचेत बनाउने र सही नेतृत्व दिने काममा हामी लाग्नुपर्छ।’

प्रतिक्रिया