शुक्रबार, वैशाख २५, २०८३

राष्ट्रिय सभा निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

मेरोन्यूज २०८० पुष १२ गते १४:३५

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात जना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।

Advertisement
NiccNicc

माघ ११ गते हुन लागेको निर्वाचनका लागि विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगले जनाएको हो । ।

आयोगका अनुसार १६ पुसदेखि लागु हुनेगरी कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । ​

उनीहरुले १६ पुसमै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमानिर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम समेत रहेको प्रवक्ता पौडेलले जानकारी दिए । आउँदो ११ माघमाम राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया