नेपालगन्ज भन्सारबाट आलु भन्दै प्याज भित्र्याउनेलाई ५ लाख जरिवाना

नेपालगन्ज । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याउनेलाई पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ ।
नेपालगन्ज भन्सारबाट आलु भन्दै भारतबाट प्याज ल्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको हो ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले जानकारी दिए ,
भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको छ ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरका अनुसार उक्त गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेकोले सो को जरिवाना बापत लाग्ने रकम पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ पूजा सब्जी मन्डी वीरेन्द्रनगरले तिरेपछि मात्र गाडी र प्याज दुवै छोडिएको छ ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको सो ट्रकमा केही बोरा आलु राखेर ठुलो परिमाणमा प्याज भेटिएपछि सशस्त्र प्रहरीले पुस ८ गते राती नियन्त्रणमा लिएको थियो ।
















नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया