बालकुमारीमा युवाले जलाए मन्त्रीको गाडी
मेरोन्यूज
२०८० पुष १३ गते १२:५०

काठमाडौं । ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगजनी गरिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी ध्वस्त बनेको छ भने मन्त्री ज्वाला भने सुरक्षित छन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार गाडीमा आगो लगाएको खबर आएको पछि प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

युवाहरूको आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया