बालकुमारी झडपमा घाइते अर्का युवकको पनि मृत्यु
मेरोन्यूज
२०८० पुष १३ गते १५:३१

काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे थियाे ।
झडपमा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया