मन्त्री ज्वालाले भने- बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।
शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए ।
गाडी आगजनी गरेपछि प्रहरीसंग झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहीले गोली चलाएको थियो । सो क्रममा दुईजनाको मृत्यु भएको थियो।
‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो । यो घटनाप्रति दुःख व्यक्त गर्दछु । मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दुःखद कुरा हो । आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ । हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन । गाडी मन्त्रालयतिर गइरहेको बारेमा त्यहाँ गाडी रोकियो, गाडीको टायर खोसियो, गाडीमा आगो लगाइयो । बिना कारण, सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, जो जसको सरोकार जहाँ थियो, त्यो एउटा विषय होला । हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण छैन । गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुने कुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा पर्यो र आगजनी गरियो । यो खेदजनक कुरा हो । अरू घटनाका सम्बन्धमा म धेरै जानकार छैन । हाम्रो मन्त्रालयको व्यक्तिगत रूपमा मेरो यो घटनामा कुनै सरोकार र सम्बन्ध केही छैन,’ मन्त्री ज्वालाले भने ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया