कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौं । बिहीबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार सकिँदै छ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुनेछ ।
शनिबारको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन्।
बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए। प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वकर्माले बताए।
राष्ट्रियसभा निर्वाचनका लागि योगदान र मूल्यांकनका अधारमा उम्मेदवार छनोट गर्नुपर्ने भन्ने सैद्धान्ति निर्णय बैठकले गर्नसक्ने उनले जानकारी दिए। त्यसैगरी महासमिति बैठकको तयारी, पुस १६ गते मनाउने राष्ट्रिय मेलमिलाप दिवस लगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया