गैरिटाँड–कमलबजार–बासकाँडा सडकको शिलान्यास

अछाम । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् ।
डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताएका हुन् । उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत रु ६९ करोड ४३ लाख ५३ हजार छ ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया