सेवा प्रवाह, विधिको शासन र आर्थिक अनुशासन जरुरी’

काठमाडौँ । नेपाल जनप्रशासन सङ्घले निजामती प्रशासनलाई प्रभावकारी सेवा प्रवाह, विधिको शासन सञ्चालन र आर्थिक अनुशासनका मुद्दालाई उच्च प्राथमिकामा राखेर कार्य सम्पादन गर्न सुझाव दिएको छ ।
सङ्घको २४औँ वार्षिक साधारणसभा तथा १९औँ राष्ट्रिय सम्मेलनमा नेपालको समावेशी विकासमा सार्वजनिक प्रशासनको भूमिका विषयक कार्यक्रममा अध्यक्ष डा कृष्णहरि बाँस्कोटाले सार्वजनिक प्रशासनको भूमिका र कार्यप्रकृतिमा धेरै गतिशील परिवर्तन आएको धारणा राखे । विद्युतीय माध्यमको प्रयोगलाई विस्तार गरी सार्वजनिक प्रशासनको कामकारबाहीलाई विश्वासनीय, छिटोछरितो र अनुभूतियोग्य बनाउन पनि सङ्घले सुझाव दिएको छ ।
नागरिकको मौलिक र अन्य अधिकारमा पहुँच सुनिश्चित गरी प्रजातन्त्रको मूल्य मान्यताको संरक्षण र संवद्र्धन गर्न तथा सार्वजनिक सेवाको प्रभावकारी प्रबन्धमार्फत जनताको हितलाई सम्बोधन गर्दै सबै सरकारी निकायलाई लोकतान्त्रिक मूल्य मान्यताअनुरुप सञ्चालन गर्ने विषयमा पनि ध्यानाकर्षण गरेको छ ।
सङ्घले सार्वजनिक वस्तु तथा सेवाको न्यायोचित वितरण सुनिश्चत गर्न, जनताको जीवनस्तरमा सुधार ल्याउन राज्य संयन्त्रमा सबैलाई समन्यायिक ढङ्गबाट समावेशका लागि प्रशासनिक दायरा विस्तार गर्न निजामति प्रशासनलाई सुझाव दिएको छ ।
नेपाल जातीय, भाषिक, धार्मिक र संस्कृतिका हिसाबले विविधायुक्त भएकाले त्यसको जगेर्ना र इमान्दारितापूर्ण ढङ्गले कार्यन्वयन गर्न मन, वचन र कर्मले काम गर्न पनि सङ्घको सुझाव छ । नेपाली युवाबीच बढ्दै गरेको निराशावादी भाष्यलाई तोड्न रोजारीको अवसर र गरिखाने वातावरण बनाउन तथा एक दलको बहुमत नभएको अवस्थामा राजनीतिक स्थिरता हुन्न भन्ने गलत बुझाइ अन्त्य गर्नेबारे पनि सङ्घले ध्यानाकर्षण गराएको छ ।
निर्वाचन प्रणालीसम्बन्धी उठेका विभिन्न प्रश्नलाई सम्बोधन गर्न, तीन तहकै सरकारबाट भइरहेका असल अभ्यासलाई अनुसरण गर्ने कार्य संस्कृतिलाई प्रोत्साहन गरिनुपर्नमा सङ्घले जोड दिएको छ ।
समावेशी प्रशासन र यसका अवयवलाई समावेशी बनाइनुपर्ने तथा प्रवाह गरिनुपर्ने सेवालाई समावेशी ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा उद्धव प्याकुरेलले नेपालको विकासमा समावेशी जनप्रशासनको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हालसम्मका विकासका अवधारणा र सुविधा प्राप्तिमा अपवाद बाहेक जहिले पनि पहुँचवाला र बहुमतले सुविधा भोगिरहेको बताए ।
उनले भने, “विकास र प्रतिनिधित्वमा समावेशीलाई ध्यान दिइनुपर्छ । राज्यले दिएको शिक्षा र सामाजिक व्यवस्थाले केही जाति र समुदायलाई पछि पारेको हो । समावेशी प्रतिनिधित्व नभइ देशले समृद्धि हासिल गर्दैन । समावेशी प्रतिनिधित्वसँगै सन्तुलित विकास आवश्यक छ ।”
जनप्रशासन विज्ञ त्रिलोचन पोखरेलले राज्यले समाजमा भएको विविधतालाई आत्मसात गर्दै संरचनामा मात्र नभइ कार्य व्यवहारमा समावेशीको प्रश्न सम्बोधन गर्न आवश्यक रहेको बताए ।
त्यस अवसरमा हीरामणी घिमिरेले समावेशी अवधारणा वञ्चितिकरणमा परेकालाई सहयोग र बल पु¥याउने कार्य भएको बताउँदै समावेशी सरकार र सहभागितामा मात्र नभइ सन्तुलित विकासमासमेत जोड्नुपर्ने धारण राखे ।
पूर्वसचिव कृष्ण ज्ञावलीले समावेशीका मुद्दामा व्यक्तिमात्र नभइ राज्यका संयन्त्रसमेत स्पष्ट नरहेको बताउँदै बहिष्करण र वञ्चितिकरणमा परेकालाई माथि उठाउन सबैको समान प्रयास हुनुपर्छ भने ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले समावेशी लोकतन्त्र राज्यको विशेषता अनुरुप अयोग्य होइन, कम योग्यलाई पनि राज्यका संयन्त्रमा समान अवसरका लागि प्रवेश पाउने व्यवस्था भएको बताए । उनले भने, “बहुमतका लागि अल्पमतले त्याग किन गर्ने भन्ने प्रश्न छ, राजनीति र कर्मचारीतन्त्रमा आरक्षणको व्यवस्था छ । कर्मचारीतन्त्रले नीति निर्माणमा छुटेका आवाजलाई समावेश गर्नुपर्छ । राजनीतिले जहिले पनि आफनो अयोग्य लुकाउन कर्मचारीतन्त्रलाई दोष दिने गर्छ । समावेशी अर्थपूर्ण बनाउनुपर्छ ।”
साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया