अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

जानकी (बाँके) । नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गरेका थिए ।
फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो । त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयम्सेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो ।
स्वर्ण पदक विजेताको सम्मान
भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल नेपालगञ्ज निवासी प्रतीक श्रेष्ठसहितका खेलाडीलाई सम्मान गरिएको छ ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घ, लाइफलाइन अस्पताल र गणपति डेन्टलको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्ट, लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा पारस श्रेष्ठले खेलाडीलाई सम्मान गरेका थिए ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया