केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्तासँग छलफल प्रारम्भ भएको छ ।
समितिको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकलाई लोकतान्त्रिक बनाउन बृहत्तर छलफल आवश्यक रहेको बताए । यसका लागि आवश्यकताअनुसार सम्बन्धित मन्त्रालयसँग थप छलफल तथा सहकार्य गरिने उनले जानकारी दिए ।
बैठकमा समितिका सदस्य सुमना श्रेष्ठले समकक्षता, उच्च शिक्षा सुधारसम्बन्धी संशोधन प्रस्ताव राखे । समितिका सदस्य डा अमरेशकुमार सिंहले एकैपटक ८० कानुन संशोधन गर्नु अलोकतान्त्रिक भएको जिकिर गरे ।
समितिका सदस्य महेशकुमार बर्तौलाले लोकतान्त्रिक कानुन बनाउन सम्बन्धित विषयमा विषयगत मन्त्री तथा विषयविज्ञको उपस्थितिमा गहन छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
बैठकमा समितिका सदस्यहरु पदम गिरी, बद्रीप्रसाद पाण्डे, सोविता गौतम, सूर्य थापा अजुननरसिंह केसी, रघुजी पन्तलगायतले कानुनलाई लोकतान्त्रिक बनाउन सम्बन्धित मन्त्रालयगत र विषय विज्ञहरुसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने सुझाव दिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया