गुरुकुल चलाउन ३० लाख अनुदान

अर्घाखाँची । जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले संस्कृत विषय अध्यापन हुने विद्याश्रमलाई अनुदानस्वरुप रु ३० लाख प्रदान गरेको हो ।
राज्यमन्त्री सिर्पालीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गरेका छन् । अक्षयकोष स्थापना गरी विद्यालयको खर्च चलाउने प्रधानाध्यापक चुदालीले बताए ।
पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि सबै स्थानीय सरकारको ध्यान जान जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । कक्षा ६ देखि १० सम्म पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुक अध्ययनरत छन् ।
अष्ट चिरञ्जीवीको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउने नेपालको मौलिक संस्कृति क्रमशः लोप हुँदै गएको तथा केक काटेर जन्मदिन मनाउने गलत परम्पराको थालनी भएको अवस्थामा संस्कृति र संस्कारको संरक्षणमा विद्याश्रमबाट योगदान पुगेको सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताए ।
















बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार
132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया