पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’

चितवन । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।
यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताए । कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उनको भनाइ थियो ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरुमा असर पारेको बताए । यो समयमा कुखुराको मासु र अण्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उनले बताए । स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उनले सबै खाले रोगीका लागि उपयुक्त हुने अण्डाको महत्व बुझाउन जरुरी रहेको बताए ।
दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको समेत समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जानकारी गराइएको थियो ।
यस क्रममा २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ । महोत्सव सहित दिवसका अवसरमा आज रक्तदानसमेत गरिएको छ । कार्यक्रमअघि मञ्चको कार्यालय भरतपुरबाट कार्यक्रम स्थलसम्म प्रभातफेरीसमेत गरिएको थियो ।
विसं २०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ । यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया