बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँ ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

काठमाडौं । बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महाराजगञ्जको सि स्टार टेलरिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा छन्। ललितपुरको कोन्जोसोम गाउँपालिका–१ घर भएका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।
उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरकेो प्रहरीले जनाएको छ। उनले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ।
पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
















निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया