जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री कोषमा २८ करोड संकलन
मेरोन्यूज
२०८० पुष १८ गते २१:३६

काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उहाँले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् ।
भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।
सम्बन्धित
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया